२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भोली पाँचखाल नगरमा शोक विदा


२५३१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • राजन कार्की, पाँचखाल । पाँचखाल नगरपालीका स्थापना हुदा देखी अमिन पदमा कार्यरत शिवराम दुलालको हृदयघातको कारण आज (विहिबार) विहान धुलिखेल अस्पतालमा निधन भएकोले भोलि नगर पालिका कार्यालयमा एक दिन शोक विदा दिने निर्णय भएको जानकारी प्राप्त भएको छ ।

    अमिन दुलालको निधन भए लगतै नगरका मेयर महेश खरेल लगाएतका जनप्रतीनिधिहरु साथै नगरका सम्पुर्ण कर्मचारीहरु श्रद्धाञ्जलीको लागि सहभागी हुनु भएको थियो । दाह संस्कार कार्य सम्पन्न भए लगतै नगर कार्यपालिकको आकस्मिक बैठकबाट भोलि शुक्रबार नगर र सम्पुर्ण वडा कार्यालयहरु नगरको कर्मचारीको निधनमा शोक विदा गर्ने निर्णय गरेको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार