२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

उर्जामा ६० कर्मचारीको अस्थायी दरवन्दी


२२८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २३, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । सरकारले उर्जा जलश्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतका ७ आयोजनाका लागि ६० जना अस्थायी कर्मचारी नियुक्त गर्ने बाटो खुला दिएको छ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक गर्दै ६० जनाको अस्थायी दरबन्दी स्वीकृत गरिएको जानकारी दिएका हुन् । यी सबै दरबन्दी अधिकृतस्तरका हुन् । यो सँगै अब अस्थायीमा कर्मचारीहरुको नियुक्त गर्न मन्त्रालयलाई बाटो खुला भएको छ । मन्त्रिपरिषद्ले दरबन्दी स्वीकृत गरेसँगै अब उर्जा मन्त्रालयले विज्ञापन निकालेर ६० जना कर्मचारीहरु अस्थायी नियुक्ति गर्न पाउनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार