२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

निशान गाडी दुर्घटना : दुइको मृत्यु


१७८५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • बनेपा  ।  काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार साँझ दुइको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् ।

    महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निशान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो ।

    मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान, वकिल बोम्जन रहेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए । मोक्तान र बोम्जनको घटनास्थलमा तथा अर्काे यात्रुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमा मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको अहिले स्थानीयवासी र प्रहरीले उद्धार गरिरहेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार