२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

धारिलो हतियार प्रहार गरी आमा-छोरीको हत्या


२२९० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • उदयपुर ।   उदयरपुर जिल्लाको त्रियुगा नागरपालिका–९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको विभत्स हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चौकीबारीका स्थानीय ३२ वर्षीया शारदा चौधरी र उनीकी ९ वर्षकी छोरी रचना चौधरीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।

    शनिबार बिहानमात्रै चौधरीका छिमेकीले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालयको टोली जघनास्थल पुगेको थियो । घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए ।

    मृतकको श्रीमान वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको र हत्या गर्ने व्यक्ति अझै पत्ता नलागेकाले सुनसरीबाट तालीमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार