२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दक्षिणा गुम्ने डरले महिनावरी भएको नै भनिनँ’


२१५१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • सपना प्रधान मल्ल कुनै समय चल्तीकी महिला अधिकारकर्मी थिइन् । अधिवक्तासमेत रहेकी मल्ल महिला अधिकारका विषयमा धेरै आवाज उठाउनेमध्ये एक थिइन् ।

    २०६४ सालमा भएको संविधानसभाको निर्वाचनपछि उनी समानुपातिक कोटाबाट सभासद्समेत बनिन् ।लामो समय अधिवक्ता भएर काम गरेकी मल्ललाई न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्यो ।  त्यसपछि २०७३ साल साउन १७ गते उनी सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त भइन् । अहिले पनि उनी सर्वोच्च अदालतमा न्यायाधीशकै रूपमा कार्यरत छिन् ।

    न्यायालयहरू घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म बिदा रहने गर्छ । यद्यपि बन्दी प्रत्यक्षीकरणको रिट भने हेर्नुपर्ने भएकाले शनिबार र विजयदशमीको दिनबाहेक अन्य दिन न्यायाधीश पनि काममै खटिनुपर्ने हुन्छ । तर सबै न्यायाधीश काममा नआउनुपर्ने भएकाले अधिकांश न्यायाधीशलाई छुट्टी पनि मिलेको छ ।

    यसै सन्दर्भमा न्यायाधीश सपना प्रधान मल्लको दसैँ अनुभव र यस वर्षको दसैँ योजनाका सन्दर्भमा गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।असोज १३ गते सोमबार रातोपाटीको टोली प्रधानलाई भेट्न उनकै निवास पुग्दा उनी नवलपरासीस्थित घर जाने तयारी गर्दै थिइन् ।

    यस वर्षको दसैँमा अदालतमा टीकापछिको समय जिम्मेवारी आएकाले चाँडै नै गाउँ गएर फर्कने तयारीमा थिइन् उनी ।त्यसैले पनि उनीसँग लामो समय थिएन । दसैँ विशेष कुराकानी गर्ने भनेपछि उनले थोरै समय उपलब्ध गराएकी थिइन् ।

    हामीले सुरुमै सोध्यौँ कि यस पटकको दसैँको योजना के छ ? उनले सरल उत्तर दिइन्, ‘मेरो गाउँ नवलपरासी हो । गत वर्ष मेरो ससुराको निधन भयो, त्यसपछि गाउँ लथालिङ्ग अवस्थामा पनि छ । त्यसकारण केही आन्तरिक व्यवस्थापन पनि गर्नुपर्ने छ । म गाउँ जाने र पारिवारिक भेटघाट गर्ने नै छ । दसैँ सामान्य तरिकाले मनाउनेछु । न्यायाधीश भएपछि जीवन पनि फरक तरिकाले बिताइँदो रहेछ । त्यसकारण म सामान्य पारिवारिक व्यक्तिका रूपमा दसैँ मनाउनका लागि गाउँ जाँदैछु ।’

    हामीले अर्को प्रश्न गर्यौँ, दसैँ कत्तिको रमाइलो लाग्छ ? उनी थोरै मुस्कुराइन् । अनि जवाफ दिइन्, ‘दसैँ रमाइलो नै लाग्छ । छुट्टी हुने भएकाले रमाइलो हुनु स्वाभाविकै हो, केही आराम पनि गर्न पाइन्छ ।’‘दसैँ यसकारणले पनि रमाइलो लाग्छ कि सबै परिवार तथा साथीभाइलाई भेट्ने भएकाले पनि रमाइलो हुन्छ । कतै घुम्न जाने हो भने पनि अवसर सिर्जना हुन्छ । त्यसकारणले पनि मलाई दसैँ रमाइलै लाग्छ ।’

    धेरै मासु खानुपर्दा हैरानी 

    उनले अझ अगाडि बढेर भनिन्, दसैँ रमाइलो त रमाइलो नै हुने भयो नै । तर धेरै मासु खाइने त्यसले समस्या पार्छ । जहाँ गए पनि मासु खानुपर्ने बाध्यताले अलिकति अप्ठ्यारो पनि हुन्छ । किनभने उमेरअनुसार शरीरले पनि सबै कुरा पचाउँदैन । तर कतिपय ठाउँमा जानैपर्छ, टीका थाप्नैपर्छ र खानै पनि पर्छ । जाँदासम्म त ठीकै लाग्छ, तर खानुसमेत पर्दा चाहिँ अलि गाह्रो लाग्छ ।’

    बच्चा हुँदाको दसैँ धेरै रमाइलो

    हामीले उनको विगतको दसैँ अनुभव पनि जान्न चाह्यौँ । हामीले सोध्यौँ, बच्चा बेलाको दसैँ रमाइलो कि युवावस्था वा अहिलेको ?उनले उत्साहित हुँदै भनिन्, ‘दसैँ त बच्चा बेलाकै रमाइलो नि ।’उनले अझै प्रष्ट पारिन् । ‘दसैँ त बच्चा बेलाको धेरै रमाइलो । किनभने स्कुलमा छुट्टी हुन्थ्यो । अनि घर जान पाउने, बुबा आमासँग भेट्न पाउने ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार