२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चिनिया राष्ट्रपतिका लागि नेपाली डाक्टर


२७९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २५, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपालको दुई दिने भ्रमणमा आएका चिनियाँ राष्ट्रपति राष्ट्रपति सी चिनफिङका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् ।

    उनको सवारी कार्गेटमा नेपाली सेना र काठमाडौंस्थित नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग भएका छन् । नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा मुटु रोग विषशेज्ञ डा. शिवजी विक्रम सिलवाल खटिएका छन् ।चीनमै एमबीबीएस र एमडी गरेका सिलवाल उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का निजी चिकित्सक समेत हुन् । सी नेपालमा रहँदा डा. सिलवाल नेतृत्वको नर्भिक इन्टरनेशनलको चिकित्सकको टिम साथमै रहनेछ ।

    सीको कार्गेटमा सवार नेपाली सेनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम भने खुलाइएको छैन । सीको स्वास्थ्यमा कुनै समस्या आए छाउनीस्थित नेपाली सेनाको हस्पिटल र नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्ने तयारी छ । सीको साथमा चिनियाँ चिकित्सकहरुको टोली पनि छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार