२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सांसद् मोहम्मद आफताब आलम सांसदबाट निलम्बित


१७७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २७, सोमबार मा प्रकाशित ४ साल अघि
  • कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने गरी सांसद पद निलम्बन सरह हुने भएको छ। सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ। आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्चित सांसद हुन्।

    नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम सांसद् पद निलम्बन सरह भएको छ। पक्राउ अवधिभर सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन। यो समाचार आजको नागरिक दैनिकमा  ईश्वरी सुवेदीले लेखेका छन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार