२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

अमेरिकमा दुई नेपालीको दुर्घट्नामा मृत्यु


१९९८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २७, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । अमेरिकाको ओहायोमा गत शनिवार तीन वटा गाडी एक आपसमा ठोक्किँदा २ जना नेपाली मूलका महिलाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा नेपाली मूलका २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्मा रहेका छन । उनीहरुसँग रहेकी २२ बर्षिया सृजना विश्वकर्मा भने गम्भिर घाईते भएकी छिन । शनिबार राति १० बजे मोर्स सडक र सनबर्न सडक जोड्ने चौबाटोमा तीन गाडी एकआपसमा ठोक्किँदा ४ जना घाइते भएका थिए ।

    स्थानीय प्रहरीले फेसबुक मार्फत जारी विज्ञप्ति अनुसार घानाका कोबी स्टिलवेलले चलाएको ‌अडी ए ६ कार इस्टबाउन्ड रोडबाट आउँदै गरेको थियो ।  उक्त गाडीमा सवार जाशन स्कट र खलिब वाटसन सवार रहेका थिए । कोबी स्टिलवेल र खलिब वाटसन सामान्य घाइते भइ ग्रान्ट मेडिकल सेन्टरमा उपचार गरिएको थियो भने जाशन स्कट भने गम्भीर घाइते भइ माउन्ट कार्मेल इस्ट अस्पतालमा भर्ना गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार