२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एक तोला सुनका लागि हत्या


२८८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बुटवल । एक तोला सुनका लागि बुटवलमा एक व्यक्तिले महिलाको विभत्स हत्या गरिदिएका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख हेम थापाका अनुसार घटनामा संलग्न भएको आरोपमा हेटौंडा घर भइ बुटवल–३, ज्योतिनगरमा बस्दै आएका ४२ वर्षीय राम लामा पक्राउ परेका छन् ।

    इलाका प्रहरी कार्यालय, बुटवलको टोलीले शनिबार विहान लामालाई नुवकोटबाट पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो । उनीमाथि स्थानीय ६६ वर्षीया टिकी सरी गुरुङलाई हत्या गरेको अभियोग छ ।बुटवलका डीएसपी भीमलाल भट्टराई भन्छन्, ‘घटनामा प्रयोग भएको हतियार र लुटेर लगेको सुन पनि बरामद गरिसकेका छौं ।’

    गर्द्धनमा हसियाँ, मुखमा कपडा

    गत १७ असोजमा बुटवल–३, ज्योतिनगरस्थित घरबाट बाख्रा चराउन निस्किएकी गुरुङ साँझ घर फर्किइनन् । बरु लक्ष्मी नगर र लक्ष्मी आदर्श सामुदायिक जंगलभित्र लगिएका बाख्रा राति घर आइपुगे ।

    छोराछोरी विदेश पठाएर गाउँमा एक्लै श्रम गरेर जीविका चलाइरहेकी उनी घर नफर्किएपछि छिमेकीले सोधीखोजी थाले । स्थानीय प्रहरीलाई खबर गरेर खोतलास थालियो ।साँझ धारिलो हतियार प्रहार गरेर मुखमा कपडा कोचिएको अवस्थामा उनको शव भेटियो । तर, बीच जंगलमा शव भेटिएनु र प्रारम्भमा हत्याको कुनै कारण पनि  नदेखिँदा अनुसन्धान अधिकृत अलमलमा थिए ।

    प्रहरीले मृतक गुरुङसँग जोडिने अनेक व्यक्तिलाई शंकाको दायरामा ल्याएर सोधपुछ गर्‍यो । कोहीमाथि पनि शंका गर्नुपर्ने बलियो आधार थिएन । त्यसैले घटनापछि गाउँबाट हराएका व्यक्तिमाथि प्रहरी निगरानी बढेको थियो ।जंगल प्रवेश गर्ने इलाकामा पनि खोजी बढाइएका वेला गाउँमा मिस्त्री काम गर्ने लामा गायब देखिए ।

    अन्य प्राविधिक पक्ष केलाएर अनुसन्धानको दायरालाई साँघुरो बनाउँदै जाँदा पनि उनीमाथि शंका हटेन ।प्रहरीले तीन दिनदेखि उनलाई पछ्याउने क्रममा बुटवल–२, फूलबारीकी कोपिला खाम्चालाई मृतकबाट लुटिएको मुन्द्रा दिएको खुल्यो । उनले जय माता सुन चाँदी पसलमा गहना दिएर ३५ हजार रुपैयाँ लिएको भेटिएको छ । तर, डीएसपी भट्टराई भने हालसम्मको अनुसन्धानले घटनामा लामाबाहेकको संलग्नता नदेखाएको दाबी गर्छन् ।

    उनका अनुसार लामाले बजारमा पछ्याउँदै गएर जंगलामा उनमाथि लुटपाट गरेका थिए । पक्राउ परेपछि दिएको बयानमा उनले कसूर स्वीकारेको प्रहरीको भनाइ छ ।अनुसन्धान अधिकृतका अनुसार उनले दशैं खर्च नभएकाले लुटेको बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार