२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024

राष्ट्रपतिको भाषणमा पत्रकारलाई रोक


१८४० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन २८, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । हायत होटलमा मंगलबार बिहान गैरआवासीय नेपाली संघको विश्व सम्मेलनको उदघाटन भयो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई निम्त्याइएको छ । तर, राष्ट्रपति सहभागी हुने सार्वजनिक महत्वको कार्यक्रममा विभिन्न मिडियाका रिपोर्टरहरुलाई ‘विशेष पास’ नभएको भन्दै सुरक्षाकर्मी र आयोजकहरुले अवरोध पुर्‍याए ।

    पछिल्लो समयमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने सार्वजनिक कार्यक्रमहरुमा नेपाल सरकारले जारी गरेको सूचना विभागको प्रेस पासलाई मान्यता दिन छाडिएको छ ।

    केही समययता नेपाल सरकारका अधिकारीहरुमा पत्रकारलाई सूचना विभागको प्रेसपास बोकेर कार्यक्रममा छिर्न नदिने प्रवृत्ति मौलाउँदै गएको छ । मंगलबार एआरएनएको सम्मेलन उदघाटनमा पनि त्यही सिलसिला दोहोर्‍याइयो ।

    विशेष गरी राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रममा सुरक्षाकर्मीले पत्रकारहरुमाथि पञ्चायती शैली अपनाउने गरेका छन् । जस्तो शीतलनिवासमा हुने सपथ ग्रहण कार्यक्रमहरुमा पत्रकारले गेटमा अनेक सास्ती र अवरोध खेप्दै आउनुपरेको छ । र, त्यस्तै सास्ती मंगलबार हायत होटलको प्रवेशद्वारमा पनि मिडियाकर्मीहरुले झेल्नुपर्‍यो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार