२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

बाल बिवाह गर्नेलाई प्रहरीले झ्याप


१४८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ३०, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौँ । बाल विवाहमा गराएको अभियोगमा सल्यानमा बेहुला बेहुलीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपुरकोट गाउँपालिका वडा नं. ५ जामुने निवासी १५ वर्षीय बेहुला, १४ वर्षीया बेहुलीसहित उनीहरुका अभिभावक र बिहे गराइदिने पण्डित समेत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु प्रहरी हिरासतमा छन् ।

    बेहुलीले कपुरकोट गाउँपालिकाकै सरस्वती आधारभूत विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन भने बेहुला पनि सोही विद्यालयमा कक्षा ६ मा अध्यनरत थिए । आपसी सल्लाहले आइतवार घरबाट भागेका थिए । बाबु आमाले सल्लाह गरेर मंगलवार मात्रै उनीहरुको घरममै औपचारिक रुपमा पण्डित बोलाएर बिहे गरिदिएका थिए ।

    बालविवाह भएको सुचना पाए लगत्तै हरीले बेहुला बेहुलीसहित उनीहरुका अभिभावक र पण्डित समेतलाई मंगलवार बेलुकी घरबाटै पक्राउ गरि थुनामा राखेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार