२०८१ कार्तिक ६, मंगलबार | Tue, 22, Oct, 2024

काँगे्रस नेता तथा कार्यकर्ताले आचरणमा सुधार नल्याए पार्टी संकटमा- सिटौला


२३५७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २, शनिबार मा प्रकाशित ५ साल अघि
  • काठमाडौं – नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङ्ग्रेस दिनप्रतिदिन सङ्कटमा पर्दै आएको बताएका छन् ।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा  शुक्रबार आयोजित दुईदिने प्रशिक्षणमा नेता सिटौलाले पार्टी सभापतिदेखि कार्यकर्तासम्मले आफ्नो आचरणमा सुधार नगरे पार्टी संकटमा पर्ने बताएका हुन् ।

    सञ्चारमाध्यमले समेत षडयन्त्रमूलक रुपमा काङ्ग्रेसको विरुद्धमा आएको सिटौलाको आरोप थियो । उनले भने, “पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर काङ्ग्रेसविरुद्ध लागेका छन्का । काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।”२०६४ सालमा आलमद्वारा बम विष्फोट काण्ड हुँदा सिटौला गृहमन्त्री थिए । यो घटनामा सिटौलाले पनि गम्भीरता नदेखाएको आरोप लागेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार