२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चिनिया राष्ट्रपतिको भ्रमणले खतरा बढेको छ- नेपाल


२२१९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले ठूला राष्ट्रका स्वार्थबाट आफूलाई जोगाईराख्नुपर्ने चुनौती थपिएको बताएका छन् । 

    हालै चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण पछि विश्वको ध्यान नेपालतिर आकर्षित भएको भन्दै उनले भ्रमणको सफलता सँगै खतरा पनि बढेको बताएका हुन् । सञ्चार केन्द्र नेपालले शनिबार राजधानीमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दे उनले सबै ठूला राष्ट्रका आआफ्ना किसिमका स्वार्थ हुने भएकाले ती स्वार्थ पूरा गर्ने माध्यम बन्नबाट आफूलाई जोगाईराख्नु मुख्य चुनौती भएको बताए ।

    नेपालले पञ्चशिलको सिद्धान्तको आधारमा स्वतन्त्रता, स्वभिमान, आन्तरिक मामिलामा अहस्तक्षेपको सुनिश्चिता गर्दै छिमेकी राष्ट्रसँगको सम्बन्ध कायम गर्नुपर्नेमा उनले जोड दिए । उनले भने, “धेरै माया गर्यो भने खत्रै हुन्छ जस्तो । किन भने सबका आफ्ना आफ्ना हितहरु हुन्छन् । हरेक ठूला राष्ट्रहरुका आफ्ना स्वार्थ हुन सक्दछन् । नेपाल यी सबै चिजबाट जोगिनुपर्छ । नेपालको स्वतन्त्रता, स्वभिमान आन्तरिक मामिलामा अहस्तक्षेप, पारस्परिक लाभको सिद्धान्तको आधारमा सम्बन्ध कामय हुनुपर्छ ।”

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार