२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बसले ठक्कर दिदा प्रहरीको मृत्यु


२०९५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३, आईतबार मा प्रकाशित ४ साल अघि
  • सुनसरी-सुनसरीको दुहवीमा आज भएको सडक दुर्घटनामा परी एक प्रहरी जवानको मृत्यु भएको छ ।मृत्यु हुनेमा दङ्गा नियन्त्रण प्रहरी गण दुहवीमा कार्यरत त्रियुगा नगरपालिका–१३ का २८ वर्षीय सुजन रेग्मी रहेको छ । दुहवी नगरपालिक–२ दङ्गा नियन्त्रण प्रहरी गण गेट अगाडि को १ ख ५६७२ नम्बरको आदम डिलक्स बसले ठक्कर दिँदा गम्भीर घाइते भएका प्रहरी जवान रेग्मीको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

    कार्यालय कामको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सुनसरी जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा घाइते हुने प्रहरी जवान २८ वर्षीय किरण कठायतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बसलाई दङ्गा नियन्त्रण प्रहरी गण दुहवीले नियन्त्रणमा लिएको छ भने बस चालक सुनसरीको भोक्राहा गाउँपालिका–३ बस्ने ३९ वर्षीय पन्च नारायण मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार