२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दिउंसै दश तोला सुन र नगद एक लाख चोरी


२९०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३, आईतबार मा प्रकाशित ४ साल अघि
  • काभे्/काभे्रको पाँचखाल नगरपालिका वडा नं ६ तिनपिप्ले (पौडेलथोक) मा दिउंशै घरभित्र पसि दराजमा रहेको दश तोला सुन र नगद १ लाख रुपैया चोरी भएको छ । चोरहरुले सक्कलि सुनको साथमा नक्कली सुनको एक सेट गहना समेत चोरेको जानकारी प्राप्त भएको छ ।

    पौलेलथोक निवासि जगन्नाथ पौडेलको घरमा आज दिउंसो १ बजे देखि ३. बजेको समयमा घरमा कोही नभएको मौका छोपी घरमा पसि घरको माथिल्लो तलामा रहेको स्टिल दराज फोरी दराजमा रहेको नगद एक लाख र औठि ५ थान, ठुलो तिलरी १ थान, नौगेडी १ थान, लकेट सिक्रि १ थान समेत गरी १० तोला सुन र सोही दराजमा रहेको नक्कली सुनको गहना एक सेट समेत लगेको जगन्नाथ पौडेलले जानकारी गराउनु भयो ।

    चोरीको खबर प्राप्त हुनासाथ पाँचखाल प्रहरी चौकीबाट चौकी इञ्चार्ज सई रुपाल अधिकारीको नेतृत्वमा आएको प्रहरी टोली र स्थानियहरुको समेत उपस्थितिमा मुचुल्का तयार गरी अनुसन्धान कार्यलाई अगाडी बढाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार