२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

महरा थुनामा, प्रहरीले करकाप गर्दा जाहेरी दिएको रोशनिको वयान


२०७३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ३, आईतबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुने गरी ५ दिन थुनामा राख्ने आदेश दिएको श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए ।

    यसअघि प्रहरीले महरामाथि अनुसन्धान गर्न १३ दिन म्याद लिएको थियो । स‌ंसद सचिवालयकी एक कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा महरामाथि अनुसन्धान भइरहेको छ । प्रहरीले अनुसन्धानका लागि दोस्रो पटक ७ दिनको म्याद मागे पनि अदालतले ५ दिनमात्र दिएको हो ।

    महरामाथि यौन दुर्व्यवहारको जाहेरी दिने पीडित महिला आइतबार अदालतमा उपस्थित भएकी थिइन् । उनले इजलाससमक्ष प्रहरीले करकाप गरेर जाहेरी दिन लगाएको व्यहोराको निवेदन पेश गरेकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार