२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारत र पाकिस्तानको लडाईमा श्रेष्ठ द्वयको मृत्यु


२०३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ४, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । भारत–पाकिस्तानबीचको पछिल्लो लडाइँमा पदमबहादुर श्रेष्ठ र गामिल कुमार श्रेष्ठको मृत्यु भएको छ । गएराति पाकिस्तान नियन्त्रित कश्मिर (पीओके)मा भारतीय सेनाले आक्रमण गरेको थियो । पाकिस्तानले पनि भारततर्फ आक्रमण गरेको थियो । पाकिस्तानतर्फबाट भएको आक्रमणबाट भारतीय सेनामा कार्यरत हवल्दार पदमबहादुर श्रेष्ठ र राइफलम्यान गामिल कुमार श्रेष्ठको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    भारतीय समाचार एजेन्सी पीटीआईका पत्रकार सञ्जीभ चोपराले अनलाइनखबरसँग भने, ‘उनीहरुको ठेगाना त खुलिसकेको छैन, तर गोर्खा रेजिमेन्टका हुनसक्ने अनुमान छ ।’यस्तै ५५ वर्षीय मोहम्मद सादिक नामका एक सर्वसाधारण नागरिकको पनि मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

    भारत र पाकिस्तान दुवैले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् । भारतीय सेनाको तर्फबाट जारी विज्ञप्तिमा पाकिस्तानले भारतीय क्षेत्रमा आतंकवादीहरुको घुसपैठ गराएर युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ । त्यसको बदलामा भारतीय सेनाले पनि आतंकवादी समूहको क्षेत्रमा आक्रमण गरेको भारतीय स्थल सेनाप्रमुख जनरल विपिन रावतले बताएका छन् । भारतीय सेनाको आक्रमणबाट पाकिस्तानको सीमामा ६ देखि १० जनासम्म आतंकवादी मारिएको र उनीहरुका तीनवटा क्याम्प ध्वस्त बनाएको दाबी रावतको छ ।

    तर पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले भारतले विनाकारण जुरा, शाहकोट र नौशेरी क्षेत्रमा युद्धविराम उल्लंघन गरेर सर्वसाधारण नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन् । उनले जवाफी कारबाहीमा भारतीय सेनाका ९ जना मारिएको दाबी गरेका छन् । भारतका दुईवटा बंकरमा पनि क्षति पुर्‍याएको पाकिस्तानको दाबी छ ।उनले एक जना पाकिस्तानी सेना र तीन जना सर्वसाधारण नागरिकको मृत्यु भएको बताएका छन् । यस्तै पाकिस्तानी सेनाका दुई जवान र सर्वसाधारण नागरिक तीन जना घाइते भएको पनि बताएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार