२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

जनज्योतीको बाह्रौं बर्षगाठ, निम्न बर्गको संरक्षण सहकारीले गर्छ- दुलाल


२४२१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पाँचखाल/पाँचखाल नगरपालिका वडा नं ६ का वडा अध्यक्ष रामशरण दुलालले नगरमा रहेका अन्य सहकारीहरुको तुलनामा फरक ढंगबाट संचालन भएको सहकारी संस्थाको हितको लागि आफुले सहयोग गर्ने बताउनु भयो ।

    जनज्योती वहुउद्देश्यीय सहकारी संस्थाको बाह्रौं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष दुलालले थप्नुभयो सहकारीको माध्यमले समाजमा आर्थिक समस्या समाधान भएको छ । विगतमा सहकारीहरुको उदय नहुंदा निम्न आय भएका बर्गलाई कुनै पनि कार्य गर्न ठुलो समस्या पर्ने साथै चर्को व्याजको चंगुलमा परी घरखेत नै जानेगरेको वताउनु भयो । सहकारीको उदयले गर्दा त्यस्ता निम्न आय भएका बर्गको संरक्षण सहकारीले गरेको बताउनु भयो ।

    कार्यक्रममा अध्यक्ष दुलालले पिछडिएका बर्गको उत्थान गर्ने प्रमुख उद्देश्यका साथ अगाडी बढेको जनज्योती बहुउद्देश्यीय सहकारी संस्थाले गर्दा कृषकहरुमा ठुलो राहत मिलेको बताउनु भयो । सहकारीमा आवद्ध सम्पुर्ण शेयर सदस्यहरुको समान शेयर साथै कृषिलाई लक्षीत गरी सहज ढंगबाट सहुलियतमा लगानी गरेको ऋणको कारण कृषकहरुको जिवन स्तर उकासीएको वताउनु भयो । सहकारीमा आवद्ध शेयर सदस्यको हितको खातिर मात्र नभई पाँचखालका कृषकहरुको कृषकको हितको खातिर कार्य गर्दै आएको सहकारीको लागि आफ्नो र वडाको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

    संस्थाका अध्यक्ष धर्मराज दनुवारको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उद्योगी कुमार वहादुर कार्की, संञ्चारकर्मी ईश्वरी राजकुमार मैनाली, संस्थाका ऋण संयोजक साईलो दनुवार लगायतले आ—आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका सचिव श्याम कुमार दनुवारले संञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका कोषाध्यक्ष दिनेस दनुवारले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अशल ऋणि तर्फ रश्मी दनुवार र राम वहादुर दनुवजार सम्मानित भएका थिए । त्यसैगरी नियमित बचत तर्फ अञ्जना दनुवार र राजकुमार राई सम्मानित भएका थिए ।

    साधारण सभाबाट पुन धर्मराज दनुवारकै नेतृत्वमा नयाँ ११ सदस्यीय कार्यसमितिको चयन भएको छ । जसको उपाध्यक्षमा इन्द्र वहादुर दनुवा, सचिव श्यामकुमार दनुवार, कोषाध्यक्ष साईलो दनुवार रहनु भएको छ । सदस्यहरुमा रञ्जु दनुवार, शुक्रमायाँ दनुवार, नवराज दनुवार, ठुलो कान्छा दनुवार, इना दनुवार, रामवहादुर दनुवार र राजकुमार दनुवार रहनु भएको छ भने लेखा शंयोजकमा दिनेस दनुवार चयन हुनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार