२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ब्रम्हायणि मन्दिर गंजेडिको अखाडो,प्रहरी मुक दर्शक


२२०१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • पनौती/काभे्रको ऐतिहासक धरोहरको रुपमा परिचित पनौती नगरमा रहेको मठ मंन्दिरहरु गंजेडीको अखाडो भएको छ । पनौतीको तिर्थस्थलहरुमा रहेको विभिन्न मंन्दिरहरुमा युगल जोडिको चरित्र हिन व्यवहारले गर्दा समस्या भएको हो ।

    प्रहरी चौकि पनौतिको झण्डै हातामा जोडिएको ब्रम्हायणि मन्दिरमा देखिने दृश्यले पनौती नगरकै खिल्लि उडाउने गरेको छ । स्थानिय नगरवासिहरुले ति कुकर्म गर्ने युवा युवतिहरुलाई मन्दिर हातामा कुकर्म नगर्न सम्झाउन खोज्दा उल्टै आक्रामक हुनेगरेको स्थानिय समाज सेवि गणेश लाल पोडेले जानकारी गराउनु भयो ।

    जिल्ला प्रहरी कार्यालय काभे्रले गाँजा नष्ट गर्ने अभियान चलाएपनि समयमा निर्मुल गर्न नसक्दा मंन्दिरको आसपासका क्षेत्रका साथै खोलाको छेउछाउमा गाँजा मौलाई रहेको छ । गांजाका दुव्र्यसनिहरुले सडक र आसपासका क्षेत्रहरुमा मौलाई रहेको गांजा टिप्दै खाने गरेको पाईएको छ । यस्तो अवस्थामा पनि प्रहरीहरुको सक्रियता नहुंदा दुव्र्यसनिमा संलग्नहरुका लागि सहज भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार