२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

एम्बुलेन्स दुर्घटना हुँदा ६ जना घाइते


१९९३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ५, मंगलबार मा प्रकाशित ४ साल अघि
  • ५ कात्तिक, काभ्रेपलाञ्चोक– काठमाडौंबाट सिराहातर्फ जाँदै गरेको एम्बुलेन्स काभ्रेमा दुर्घटना भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

    मंगलबार बिहान करिब ५ः३० बजे स १ च ११९१ नम्बरको शव बोकेको एम्बुलेन्स ल्हास्कोटमा अनियन्त्रित भई खोलामा खसेको हो । सु–स्वास्थ्य हेल्थ कियर प्रा.लिको उक्त एम्बुलेन्समा शव बोकेर सिराहातर्फ जाँदै गरेको सो एम्बुलेन्समा ६ जना सवार थिए ।उक्त एम्बुलेन्स दुर्घटनामा परि एकै परिवारका सोहित साह, देब कुमार साह, उनका श्रीमती निलु कुमारी साह र श्रीराम साह गम्भिर घाईते भएका छन् भने दुई जना सामान्य घाईते भएको प्रहरीले जानकारी दिएको छ ।

    दुर्घटनाका घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा गम्भिर घाइते सोहित साहलाई थप उपचारका काठमाडौंको अन्नपूर्ण न्युरो अस्पतालमा पठाइएको र बाँकी घाइतेको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार