२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बोडिङ्ग स्कुलको वारदली भाँचिदा ३९ विद्यार्थी घाईते


२२८९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ६, बुधबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । धर्मस्थलीस्थित विद्याकुञ्ज इंग्लिस बोर्डिङ स्कुलको बार्दली भाँचिँदा ३९ जना विद्यार्थी घाइते भएका हुन् ।स्कुलमा पछिल्लो फुटबल प्रतियोगिता भइरहेको थियो । फुटबल खेल हेर्न बालबालिकालाई बार्दलीमा राखिएको थियो । खेल हेरिरहेका बेला बुधबार एक्कासी बार्दलीको रेलिङ भाँचियो । त्यहाँ भएका सबै विद्यार्थी भूईँमा बजारिए ।शिक्षक र अभिभावक मिलेर घाइते विद्यार्थीहरुलाई तत्काल ग्रिनसिटी अस्पताल ल्याइएको छ ।

    विद्यार्थीहरुको उपचार चलिरहेको छ । उनीहरु मध्ये एकको अवस्था निकै गम्भीर छ । उनलाई आईसीयूमा राखेर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।एकजनाका दुबै हात भाँचिँएको छन् भने दुईजनाका खुट्टा । तीनजनाको एक/एकवटा हात भाँचिँएको अस्पताल स्रोतले जनाएको छ । धेरै विद्यार्थीको अनुहारमा चोट लागेको छ ।

    घाइतेमध्ये केहीलाई अस्पतालमै भर्ना गरेर राखिएको छ भने केही उपचारपछि घर फर्किएका छन् । अस्पतालमा भेटिएका अभिभावक प्रकाश अर्यालले भने, ‘स्कुलले उपचारको जिम्मेवारी हाम्रो हो भनेको छ ।’महानगरीय प्रहरी वृत्त बालाजुका इन्स्पेक्टर बालनरसिंह राणाले घटनाको अनुसन्धान भइरहेको बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार