थोकरलाई पनौती नगरपालिका–९ शंखुस्थित घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख एसपी जयराम सापकोटाले जानकारी दिए । ‘विशेष सूचनाका आधारमा थोकरलाई घरबाटै पक्राउ ग¥यौं ।’ एसपी सापकोटाले भने । ३२ वर्षीया थोकर हालै मात्र विप्लव समूहको काभ्रे सेक्रेटरीमा चयन भएकी थिईन् ।थोकर माओवादी जनयुद्धदेखि नै सक्रिय कार्यकर्ता हुन् । पार्टी विभाजन भएपछि उनी विप्लब समूहमा लागेकी थिइन् ।
काभ्रेमा विप्लबका नेता कार्यकर्ता गिरफ्तारीको श्रृंखलाः
विप्लब समूहका नेता कार्यकर्ताहरु पक्राउ गर्ने श्रृंखला बढेको छ । यसअघि प्रहरीको विशेष ब्यूरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च÷अप्रेशन’का क्रममा काभ्रे २०७५ चैत ९ गते बिहान विप्लव समूहका केन्द्रिय नेता सहित कार्यकर्ताहरु पक्राउ गर्न प्रहरी सफल भएको थियो ।
सो क्रममा मध्य कमाण्ड इन्चार्ज तथा स्थायी कमिटि सदस्य सुदर्शन भनिने हेमन्तप्रकाश ओलीसहित नौ नेता÷कार्यकर्तालार्ई खानीखोला गाउँपालिका–७ मिल्चेमा पक्राउ गरेको थियो । त्यस बखत ओली सहित विप्लब समूहका कार्यकर्ताहरु धर्मराज राजबहाक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, देव घिमिरे, सञ्जिव कार्की, लोकेन्द्र खड्का पक्राउ परेका थिए ।

यस्तै, चैत ६ गते पनि काभ्रे कै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा महानगरीय अपराध अनुसन्धानको प्रहरी टोलीले विप्लव समूहका कार्यकर्ताहरु मेची नगरपालिका–३ का ३३ वर्षका शिव धिताल र सिन्धुपाल्चोकको जुगल गाउँपालिका–६ नेवारटोलका ३३ वर्षकै विशाल तामाङलाई पनि पक्राउ गरेको थियो ।