२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

विश्व पोलियो दिवसमा रोटरी पनौतीको शुभकामना आदानप्रदान


१६१४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ९, शनिबार मा प्रकाशित ४ साल अघि
  • रोटरी क्लब अफ पनौतीले २४ अक्टोबर अर्थात विश्व पोलियो दिवस–२०१९ को अवसरमा विहीबार पनौतीमा एक कार्यक्रमको आयोजना गरेको छ ।विश्वबाटै पोलियो रोग उन्मूलनका लागि मुख्य सहयोग गर्दै आएको रोटरी इन्टरनेशनलको आह्वानमा क्लबले कार्यक्रम गरेको हो ।

    ‘विश्व पोलियो दिवसका साथै तिहार, नेपाल सम्बत–११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेका हौं’, क्लबका अध्यक्ष प्रकाश कुइँकेलले जानकारी दिए ।सो अवसरमा पनौती मानेश्वरी पार्कबाट निस्केको प्रभातफेरी इन्द्रेश्वर मन्दिर प्राङ्गणमा पुगेर समापन गरिएको थियो ।

    समापन कार्यक्रममा पनौती नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र नासननी, वडा सदस्य पुरुषोत्तम कर्माचार्य, पनौती उद्योग वाणिज्य संघका अध्यक्ष भोला थापा, सामुदायिक साकोसका अध्यक्ष प्रकाश बन्जारालगायतका महानुभावहरुले विश्वबाटै पोलियो रोग उन्मूलनका लागि रोटरीले गर्दै आएको सहयोग र अभियानको प्रशंसा गरेका थिए ।

    सो अवसरमा नेपालीहरुको चाड तिहार, नेपाल सम्वत र छठ पर्वको उपलक्षमा शुभकामनासमेत आदान प्रदान गरिएको थियो । कार्यक्रममा रोट्र्याक्ट क्लब अफ पनौती, इन्टरएक्ट क्लब अफ सिद्धार्थ वनस्थलीको सहकार्य रहेको थियो ।

    टिप्पणीः रोटरी इन्टरनेसनलबाट

    रोटरी इन्टरनेसनलले संसारबाटै पोलियो उन्मूलन गर्ने अभियान चलाइरहेको ३० वर्ष पुरा भएको छ । १ सय २२ राष्ट्रका पाँच वर्षमुनिका २ अर्ब ५० करोड बालबालिकालाई खोपका लागि रोटरीले सघाइरहेको छ । यसका निम्ति रोटरीले हालसम्म १ अर्ब ८० करोड अमेरिकी डलर सहयोग गरिसकेको छ । रोटरीकै यही पहलले आज अफगानिस्तान, नाइजेरिया र पाकिस्तानबाहेकका मुलुकहरुमा करीब शतप्रतिशत पोलियो रोग उन्मूलन भइसकेको छ । यदि अहिले भइरहेका सबै प्रयासहरुमा रोकावट आएको खण्डमा आगामी १० वर्षभित्रमा पोलियोकै कारण अपाङ्ग हुनसक्ने बालबालिकाहरुको संख्या वर्षेनी २ लाखका दरले बढ्दै जाने रोटरीले चेतावनी पनि दिएको छ । रोटरीले एक बालबालिकालाई पोलियो खोपको सबै मात्रा पुरा गराउनका लागि औसत ३ अमेरिकी डलर खर्च गर्दै आएको जनाएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार