२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सामान्य विवादमा वन्चरो प्रहार गरी हत्या


३५९४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ११, सोमबार मा प्रकाशित ४ साल अघि
  • कैलाली । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो  प्रहार गर्दा  ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

    टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याए पनि मृत्यु भएको डिएसपी बस्नेतले बताए। बञ्चरो प्रहार गर्ने मोतीरामका छिमेकी खुसीराम फरार छन् । सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ । फरार खुसीरामको खोजी भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार