२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

कारागारमा रहेका कैदीलाई रागो उपहार


३९४९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक ११, सोमबार मा प्रकाशित ४ साल अघि
  • हेटौंडा ।कारागारमा रहेका बन्दिहरुलाई मासुको लागि दुई रागा उपलब्ध गराएको छ । बन्दिहरुले पनि हिन्दुहरुको दोस्रो पर्वको रुपमा मनाईने तिहारको लागि सहज रहोस भन्ने उद्देस्यले रागा उपलब्ध गराएको जानकारी प्राप्त भएको छ ।
    मकवानपुर जिल्लाको भीमफेदी स्थित क्षेत्रीय कारागारमा रहेका कैदीबन्दीहरुलाई नेपाल कम्युनिष्ट पार्टी(नेकपा) राक्सिराङ गाउँकमिटीले उक्त रागा उपलब्ध गराएको हो । कारागार भित्र पनि चाडपर्वहरु सहज ढंगले मनाउन सकियोस् भन्ने उद्देश्यले राँगो दिइएको रक्सिराङ गाउँकमिटीका अध्यक्ष हस्तबहादुर मोक्तानले जानकारी दिए ।
    कैदीबन्दीहरुले बिजयादशमी सुरु हुनुअघि नै मासुजन्य व्यवस्थापनका लागि स्थानीय तह र सहयोगी दाताहरुलाई पत्राचार गरी खसी र राँगाहरु माग गरेका थिए । पार्टीको तर्फबाट आफूहरुले २ वटा राँगाको व्यवस्था गरेको मोक्तानले बताए ।
    कैदीबन्दीहरुलाई राँगा हस्तान्तरण गर्न पार्टीको प्रदेश ३ का सदस्य ओमबहादुर ग्लान, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, कैलाश गाउँपालिका उपाध्यक्ष टंकबहादुर मुक्तान, राक्सिराङ गाउँपलिका वडा नं. ३ को वडाध्यक्ष बाबुलाल स्याङ्तान, ६ नं वडाध्यक्ष सिंगलाल चेपाङ, कार्यपालिका सदस्य सिमोन सुनार, नेकपा जिल्ला सचिवालय सदस्य बनस्तम थिङ, नेकपा राक्सिराङका सचिव ओम स्याङ्तान कारागार पुगेका थिए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार