२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

तिहारको लागि ५ अर्बको सामग्री आयात


१७४५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १२, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं – पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ ।

    अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँको तिहार सामग्री आयात भएको थियो ।

    ती सामग्री भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतबाट आयात भएको विभागले जनाएको छ । सबैभन्दा बढी स्याउको आयात भएको छ । ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ आयात भएको छ । अघिल्लो वर्षको तिहारमा १ अर्ब ७२ करोड रुपैयाँको स्याउ आयात भएको तथ्यांकमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार