२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

तीन जनाको हत्या पछि गाउंनै डुव्यो शोकमा


१६९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १२, मंगलबार मा प्रकाशित ४ साल अघि
  • १२ कात्तिक, बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ ।

    भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा डुबेको स्थानीयले बताए ।

    उनले भने, “सबैतिर तिहारको रौनक छ तर यहाँका बोहरा गाउँ भने शोकमा डुबेको छ ।”रोजगारीको लागि भारतको पिथौरागढमा रहेका उनीहरु तीनैजनाको कात्तिक ८ गते पिथौरागढको सिलौल मड भन्ने स्थानमा लिङ्ग काटेर हत्या भएपनि गाउँमा भने कात्तिक १० गते मात्रै खबर प्राप्त भएको थियो । हरे बोहरा र बीरा बोहरा सहदोर भाइ हुन् ।

    उनीहरु पिथौरागढको सिलौल मड भन्ने ठाउँमा गएको डेढ वर्षयतादेखि मजदुरी गर्दै आइरहेका बताइएको छ । बीरा बोहरा तथा हरे बोहराका ७० वर्षीया आमा मनोरी बोहरा गाउँमै बस्दै आएको पुर्चौंडी नगरपालिका–५ का वडाअध्यक्ष नागीसिंह खडायतले जानकारी दिए ।

    वीरा बोहराका श्रीमती छोराछोरी भने कैलालीको फूलबारीमा बस्दै आएको बताइएको छ । वीरा बोहरा केही महिना अघि मात्रै दाजु भाउजु भेट्ने भनेर पिथौरागढ गएका थिए । मृतक हरे बोहराका श्रीमती कीर्रा बोहरा पनि मजदुरीका लागि भारतमै सँगै रहेका भएपनि उनी घटनापश्चात फरार रहेकी छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार