२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

दुर्घटनामा एकको मृत्यु


२२६७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ४ साल अघि
  • नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१, अरूणखोला र दुम्किबासबीच जंगलमा शनिबार साँझ जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते छन् ।

    पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ च ९२४३ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा बर्दघाट नगरपालिका–४ का ३० वर्षीय ढाकाराम पंगेनीको निधन भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ ।

    गम्भीर घाइते पंगेनीलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन लगिएको थियो । उपचारका क्रममा त्यहीँ उनको मृत्यु भएको हो ।दुर्घटनामा परी बलेरो चालक गैडाकोट नगरपालिका–८ का ३२ वर्षीय सन्तोष डमरकोटी घाइते भएका छन् । पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार