२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रजातन्त्रको बिरुद्धमा काँगे्रस जान सक्दैनः देउवा


२७८१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १७, आईतबार मा प्रकाशित ४ साल अघि
  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रतिपक्षसँग मिलेर काम गर्नुपर्ने बताएका छन्।

    प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता स्वर्गीय गोवर्द्धन शर्मा पोखरेलको आत्मवृतान्त ‘मेरो जीवन यात्रा’ पुस्तकको आज दमौलीमा लोकार्पण गर्दै उनले प्रतिपक्ष वैकल्पिक सरकार भएकाले सरकारले प्रतिपक्षलाई साथमा लिएर काम गर्नुपर्नेमा जोड दिए।

    सरकारले राम्रो काम गरे प्रतिपक्षको पनि सहयोग रहने सभापति देउवाले बताए।उनले भने, ‘सबैलाई साथमा लिएर सरकार अगाडि बढ्नुपर्छ। कम्युनिष्ट सरकारले राम्रो काम गरोस्।’सभापति देउवाले सत्तापक्ष र प्रतिपक्षबीच प्रतिस्पर्धा हुने गरे पनि देशको हितका लागि सबैको सहमति र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    दुई तिहाइको सरकार देशलाई नै कम्युनिष्ट बनाउने बाटोतर्फ अग्रसर भइरहेको भन्दै सभापति देउवाले त्यस्तो कार्य कांग्रेसलाई मान्य नहुने बताए।

    ‘अहिलेको सरकार कम्युनिष्ट सरकार हो, तर कम्युनिष्ट देश होइन,’ उनले भने।प्रजातन्त्रका लागि कांग्रेस २००७ सालदेखि नै लड्दै आएकाले प्रजातन्त्रको विरूद्धमा कांग्रेस जान नसक्ने सभापति देउवाको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार