२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

जर्मन डाक्टरहरु समेतको उपस्थितिमा बाट स्त्रीरोग शिविर


२११३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बनेपा/काभ्रे चेम्बर अफ कमर्शको आयोजनामा जर्मन र नेपालका वरिष्ठ स्त्रीरोग विशेषज्ञहरुबाट बनेपामा निःशुल्क स्क्रीनिङ तथा स्त्रीरोग शिविर सम्पन्न भएको छ । सुष्मा कोइराला मेमोरियल अस्पताल, साँखुको प्राविधिक सहयोगमा हलिं नेवा गुथी मिसा कवः काभ्रेपलाञ्चोक तथा लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको सह–आयोजनामा सत्यसाई अस्पताल प्रालिमा सोमबार शिविरको आयोजना गरिएको हो ।

    जर्मनका स्त्रीरोग वरिष्ठ विशेषज्ञ डा. सुजेनी ग्रोथ, अर्का डा. सोफी क्रासमारले शिविरमा आएका महिलाहरुको पाठेघरको जाँच तथा अन्य रोगहरुको परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरेका थिए । यस्तै, सुष्मा कोइराला मेमोरियल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुशिला श्रेष्ठ र वरिष्ठ नर्स सामिन श्रेष्ठ पनि शिविरमा संलग्न रहेका थिए । सो शिविरमा पनौती, बनेपा र धुलिखेलका ७२ जना महिलाहरुले सेवा लिएका थिए । ‘परीक्षण गरिएका बिरामीहरुमध्ये ८ जनालाई थप परीक्षण र उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पतालमा रेफर गरिएको छ’, चेम्बर काभ्रेका अध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

    जर्मनीका डा. सुजेनीले सन् २०१४ देखि नै वर्षको २ पटक नेपाल आएर यहाँका विभिन्न दुर्गमक्षेत्रहरुमा स्त्रीरोग परीक्षण शिविर सञ्चालन गर्दै आएकी छिन् । शल्यचिकित्सक(सर्जन) रहेका उनका पतिले बिरामीहरुको अपरेसन गर्दै आइरहेका आयोजकले जानकारी दिएका छन् । ‘यस अघि पनि काभ्रे चेम्बर र लायन्स क्लब अफ काठमाडौं टेम्पल चण्डेश्वरीको आयोजनामा बनेपा आँखा शिविरको आयोजना गरिसकेका छौं । स्त्री रोग शिविर पहिलो पटक हो । समुदायको आवश्यकताअनुसार नेपाली र विदेशी डाक्टरहरुको संलग्नतामा यस्ता स्वास्थ्य क्याम्पहरु गर्दै जाने योजनामा छौं’, क्लबका सचिव देगमराज शाक्यले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार