२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

गाँउपालीका अध्यक्ष र प्रधानाध्यापक जापान भ्रमणमा


२९११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभे्र/काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिना र पार्वती माध्यमिक विद्यालय बेथानचोक २ ढुंखर्कका प्रधानाध्यापक गोविन्द प्रसाद शर्मा कोवायसी नेपाल फ्रेन्डसिप कमिटी जापानको औपचारिक निमन्त्रणामा जापान गएका छन् । आज (कार्तिक १९ गते) तिमल्सिना र शर्मालाई नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई बेथानचोक गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधि पार्वती बहुमुखी क्यापस तथा पार्वती माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले शुभकामना सहीत बिधाइ गरेका थिए ।

    अध्यक्ष तिमल्सिना र प्रधानाध्यापक शर्मा जापानको कोबायसी नगरपालिमा संचालित ४ वटा सामुदायिक विद्यालय तथा विभिन्न वृmषिफर्महरु च्याउ उत्पादन, दुग्ध उत्पादन तथा प्रशोधन, चिया उत्पादन, रेन्वो ट्राउट उत्पादन फार्महरुको अध्यन अवलोकन गर्न भ्रमणमा निस्केका हुन् । कार्यक्रमका संयोजनकर्ता भिजन नेपालका अध्यक्ष शिवचन्द्र न्यौपानेले जानकारी दिए अनुसार कार्तिक १९ गते देखि मंसिर २ गते सम्म हुने भ्रमणमा बेथानचोक गाँउपालीका र पार्वती माध्यमिक विद्यालयको विशेष प्रस्तुति समेत प्रदर्शन हुनेछ । सो अवसरमा जापानको कोवायसी नगरपालिका र बेथानचोक गाउँपालिकाको उक्त नगरपालिकासँग भगिनी सम्बन्ध समेत कायम हुने र नगरका विद्यालयसँग बेथानचोकको पार्वती माध्यमिक विद्यालयसँग भगिनी सम्बन्ध राखिने न्यौपानेले जानकारी दिए ।

    भ्रमणका अवसरमा कात्तिक २७ गते (नोभेम्बर १३ मा) जापानमा रहेका बेथानचोक तथा काभ्रेका विभिन्न विद्यार्थी तथा व्यवसायिक व्यक्तित्वहरुसँग भेटघाट तथा अन्तरक्रियाा कार्यक्रम छ भने कात्तिक २८ गते (नोभेम्बर १४) का दिनमा टोकियोमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणालाई भेटघाट गर्ने कार्यक्रम रहेको भिजन नेपालका अध्यक्ष शिवचन्द्र न्यौपानेले जानकारी दिए । भ्रमण पश्चात मांसिर २ गते नेपाल फर्कने छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार