२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दिपावलीे शुभकामनाको अवसरमा नव ज्योतीको साधरण सभा


२०३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक १९, मंगलबार मा प्रकाशित ४ साल अघि
  • शुसिलराज गिरि
    धुलिखेल/श्री नव ज्योती बचत तथा ऋण सहकारी साकोसको १३ औ वार्षिक साधारण सभा संस्था को केन्द्रीय कार्यलय धुलिखेल मा सम्पन्न भएको छ ।

    साधरण सभालाई सम्बोधन गर्दै सस्थाको अध्यक्ष एवं कार्यक्रमका सभापति शम्भु प्रसाद रिमालले सम्पूर्ण सेयर सदस्य तथा देस बिदेश मा रहनु भएको नेपाली दाजुभाइ तथा दिदी बहिनी लाई दिपावली को शुभकामना दिदै पानसमा दियो बालेर सुरु भएको कार्यक्रम सेयर सदस्य सम्मान सहित विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ ।

    कार्यक्रम मा आफ्नु धारना राख्दै अध्यक्ष रिमालले सहकारी नियमावली अनुसार अब २ हजार शेयर सदस्य हुनुपर्ने प्रावधान छ । त्यसलाई पछ्याउँदै सदस्य बृद्वी र सेयर पुजी बृद्वी गरी सदस्य हितमा लागि पर्नु आफु र सहकारीको धर्म भएको रिमालले बताउनुभयो । उक्त साधारण सभामा प्रगति प्रतिवेदन संस्थाका आर्थिक प्रतिवेदन र लेखा सम्बन्धी प्रतिवेदन साधारण सभा समक्ष पेश भएको थियो ।

    कार्यक्रममा उत्कृष्ट बाल बचत, उत्कृष्ट ऋणी, उत्कृष्ट नियमित बचतकर्ता र शेयर सदस्यहरु लाई नगद सहित सम्मान गरिएको थियो । कार्यक्रममा कर्मचारीको तर्फ बाट बोल्नुहुदै कृष्ण रिजालले भन्नू भयो संस्थाले जुन किसिमले फड्को पार गर्न खोज्दै छ । त्यसलाई सबै शेयर सदस्यहरुको सहयोग आवश्यक छ । सबै को साथ भयो भने असम्भव भन्ने छैन भन्नुहुँदै सहकारीका सिद्धान्तलाई आत्मसाथ गरेर आफुहरु अघि बढेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार