२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभे्रको बालक अपहरण गर्नेलाई गोली प्रहार


२५११ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २०, बुधबार मा प्रकाशित ४ साल अघि
  • पर्सा । अपहरणकारीमाथि गोली प्रहार गरी प्रहरीले बालकलाई सकुशल उद्धार गर्न सफल भएको छ । पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाका अनुसार बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको हो । ती १४ वर्षीय बालक दश दिनअघि अपहरणमा परेको बताइएको छ ।

    प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ । थापाले यस विषयमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार