२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

खेतमा ६९ वटा बम , नेपाली सेनाको टोलीले डिस्पोज


२०९३ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २०, बुधबार मा प्रकाशित ४ साल अघि
  • चैनपुर– बझाङको बुङ्गल नगरपालिकामा खेत जोत्ने क्रममा ६९ वटा बमहरु फेला परेका छन् । बुङ्गल नगरपालिका–६ दान्तोलीका स्थानीयले मंगलबार खेत जोत्ने क्रममा बम भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मंगलबार नै बम भेटिएको ठाउँमा पहरा दिन शुरु गरेको थियो ।

    बुधबार बिहान सदरमुकाम चैनपुरमा रहेको नेपाली सेनाको शार्दुल गुल्मबाट नेपाली सेनाको बम डिस्पोजल टोली बम भेटिएको स्थानतर्फ लागेको थियो । सेनाको टोलीले बिहान ११ बजेदेखि बम डिस्पोज गर्ने काम शुरु गरेपनि बुधबार साँझसम्म पनि डिस्पोज गर्ने काम नसकिएको स्थानीयले जानकारी दिएका छन् ।

    जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) गणेश बमले खिया लागेको अवस्थामा खेतमा गाडिएको सकेट बम फेला परेको जानकारी दिए । ‘बमको प्रकृति हेर्दा द्वन्द्वकालमा गाडिएको हुनसक्ने अनुमान गर्न सकिन्छ,’ डिएसपी बमले भने, ‘केही बम धेरै स–साना पनि छन् । धेरैजसो सकेट बम छन् ।’

    बम भेटिएको ठाउँमा जिल्ला प्रहरी कार्यालय बझाङबाट थप प्रहरी परिचालन गरिएको छ । बम भेटिएको ठाउँमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरु परिचालन भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार