२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेडिकल विचौलीयालाई प्रहरीले झ्याप


२२८१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २१, बिहिबार मा प्रकाशित ४ साल अघि
  • सरकारी अस्पतालमा उपचार गराउन आउने बिरामीलाई ललाई फकाई नीजि क्लिनिकमा लैजाने गरेको आरोपमा प्रहरीले दुई जना बिचौलियालाई जनकपुरधामबाट नियन्त्रणमा लिएको छ ।

    जनकपुरधामस्थित प्रादेशिक अस्पतालको ओपिडी सेवामा उपचारका लागि आउने बिरामी तथा बिरामीका आफन्तलाई अन्यन्त्र नीजि क्लिनिकमा लगेर बिचौलियाको काम गर्ने उनीहरुलाई बिहीबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ पर्नेमा जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नम्बर ८ बस्ने २५ बर्षीय मन्नु सिंह भनिने निर्मल साह र सोही ठाउँका ४० बर्षीय राजेश यादव छन् ।

    दुबै जना बिचौलियाको काम गर्ने गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार