२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

रातभर रंगशालामै बसेँः मन्त्री


१७८० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २३, शनिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित मितिमै हुने बताएका छन् । प्रतियोगिताको सम्पूर्ण तयारी करिबकरिब अन्तिम चरणमा पुगेको उनले बताए ।

    शनिबार राजधानीमा आयोजित साक्षात्कारमा मन्त्री विश्वकर्माले सागलाई भव्य बनाउन दिनरात काम गरिरहेको बताए । पोखरा रंगशालामा काम भइरहेको भन्दै उनले भने, ‘मंसिर पहिलो हप्ताभित्र निर्माण काम सम्पन्न हुन्छ । दशरथ रंगशालाको पनि निर्माण सम्पन्न हुँदैछ । सातदोबाटोमा पनि सम्पन्न हुँदैछ ।’

    सागको पूर्वधाधार निर्माणमा सबैभन्दा बढी चुनौती दशरथ र पोखरा रंगशालालाई मानिएको छ । मन्त्री विश्वकर्माले भने दशरथ रंगशालाको प्याराफिट मंसिर पहिलो हप्ताभित्र निर्माण सम्पन्न भइसक्ने जानकारी दिए । उनले पछिल्लो दिनमा रंगशालामा निर्माणको प्रत्यक्ष निगरानी गरिहेका छन् । त्यसक्रममा शुक्रबार रातभर आफैं रंगशालामा बसेर काम गराएको उनले बताए । उनले भने, ‘दशरथ रंगशालामा भीआईपी छानो हाल्ने काम थियो । त्यो काम राति नै गर्नुपरेकाले हिजो राति त मैले झिमिक्क आँखा पनि झिम्क्याएको छैन ।’मंसिर १५ बाट सुरु हुने १३ औं सागका खेलहरु काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुँदैछ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार