२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

भारतमा भएको निर्णएको खुसियालीमा जनकपुरमा लड्डु


२४०५ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २३, शनिबार मा प्रकाशित ४ साल अघि
  • जनकपुरधाम। भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर बनाउने फैसला गरेको खुसीयाली जनकपुरधाममा समेत बनाइएको छ । रामको ससुराली मानिने जनकपुरधाममा मिठाई बाँड्नुका साथै दिपावली गरिएको छ ।

    जानकी मन्दिरका साधुसन्तहरुले मिठाई बाँडेका छन् । दर्शनका लागि आउने श्रद्वालुसहित आवतजावत गर्नेहरुलाई मिठाई बाँडिएको छ । सीताको जन्मस्थल जनकपुरधाम भएकाले यहाँ खुशियाली मनाउनु स्वभाविक भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णव बताउँछन् ।

    जानकी मन्दिर प्राङ्गणमा दीपावली मनाइएको छ । शनिबार साँझ मन्दिर प्राङ्गणमा दीप प्रज्जवलन गरी दीपावली मनाइएको छ । जनकपुरधामलाई भगवान रामको ससुराली मानिँदै आएको छ । हरेक वर्ष विवाहपञ्चमीका दिन भारतको अयोध्याबाट जनकपुरधाम जन्ती समेत आउने गर्दछ । गत बर्ष उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएका थिए ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार