२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

काभ्रेका पत्रकार दुवाल सम्मानित हुने


२३२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • बनेपा/लामो समय देखि पत्रकारीता क्षेत्रमा निरन्तर लाग्दै अगाडी बढ्नु भएका काभे्रली पत्रकार मोहन दुवाल नगद सहित सम्मानित हुनु हुने भएको छ ।

    नेवा पत्रकार राष्ट्रिय दबूको आयोजनामा यही कार्तिक ३० गते काठमाडौंमा हुने तेश्रो महाधिवेशनमा ५ फरक विधामा सकृय ५ जना पत्रकारहरुलाई सम्मान गरिने भएको हो ।

    काभ्रेली वरिष्ठ पत्रकार तथा साहित्यकार मोहन दुवाललाई ‘वाङ्मय शताव्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार–११४०’ प्रदान गरिने भएको छ । उक्त सम्मानमा रु.१०,०००।– रुपियाँ सहित सम्मान गरिने जानकारी नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले जानकारी दिएको छ । उक्त अवसरमा राष्ट्रका विविध क्षेत्रका अन्य ४ जना पत्रकारहरुलाई पनि सम्मान गरिने समाचार प्राप्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार