२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

सांसदहरुलाई फेसबुक चलाउने तालिम


२४०० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • विराटनगर । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहयोगमा एक गैरसरकारी संस्थाले प्रदेश १ का सांसदलाई सामाजिक सञ्जाल चलाउने तालिमक सञ्चालन गरेको छ ।

    इनोभेटिभ भिजन नामक गैरसरकारी संस्थाले प्रदेश सांसदलाई फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जाल चलाउन सिकाउन तालिम सञ्चालन गरेको हो । आइतबार सुरु तालिममा १६ जना प्रदेश सांसद सहभागी छन् । १८ जना बोलाए पनि दुई जना उपस्थित भएनन् ।

    ‘प्रदेश १ का सांसदको लागि सञ्चार सीप तथा सामाजिक सञ्जालका विविध आयाम’ नाम दिइएको कार्यक्रमको उद्घाटन प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले गरे । उनले भण्डारीले बदलिदो परिस्थितिमा सञ्चारको फाइदा र प्रयोगको दायरा फराकिलो भएको भन्दै तालिम सान्दर्भिक भएको धारणा राखे । सञ्चार सीप तथा यसको प्रयोगको विषयमा लक्ष्मणदत्त पन्त र रजनीश भण्डारीले सहजीकरण गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार