२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

ठगीको आरोप लागेपछि मन्त्रीद्वारा राजीनामा


३६२० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २४, आईतबार मा प्रकाशित ४ साल अघि
  • सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्य मन्त्री प्रकाश बहादुर रावलले राजीनामा दिएका छन् ।आइतवार रावलले मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष राजीनामा बुझाएका हुन् । राज्यमन्त्री रावलमाथि कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति क्याम्पसको शेयर बिक्री प्रकरणमा ठगी गरेको आरोप लागेको थियो ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली नेता मानिएका रावलविरुद्ध उनकै पार्टीका स्थानीय नेतासहितका १० जनाले ठगीको उजुरी दिएका थिए । रावलसहित ३६ जनाविरुद्धको उजुरीमा प्रहरीले करिब १ वर्ष लगाएर अनुसन्धान गरेको थियो । प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय कञ्चनपुरले गत भदौमा रावलसहित ३६ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा अभियोग पत्र दायर गरेको थियो ।

    भदौमा मुद्दा दर्ता भएपनि रावल भने कात्तिक ६ गते मात्रै अदालतमा उपस्थित भएका थिए । अदालतमा उपस्थित भएकै दिन रावलको बयान लिइएको थियो । सोही दिन बयान सकिएर थुनछेक आदेश समेत जारी भएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार