२०८१ आश्विन २४, बिहिबार | Thu, 10, Oct, 2024

भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६ सम्पन्न, १४ जिल्लाका११७१ विद्यार्थि लाभान्वित


२७६१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • चितवन/ “भृकुुटी नमुना स्काउट क्याम्पोरी २०७६” सम्पन्न भएको छ । कार्तिक २२ गते बाट सुरु भई २४ गते सम्म सञ्चालन भएको उक्त कार्यक्रममा १४ जिल्लाका ४८ विद्यालयबाट ११७१ विद्यार्थिको सहभागिता रहेको थियो ।

    भातृत्व भगिनीत्व एवम् मित्रता अभिबृद्घि गर्ने, अनेकतामा एकता, नागरिकको चेतनाको विकास, मैत्री भावना, शान्ती, कला संस्कृतिको रक्षा तथा युवा-युवती तथा किशोर-किशोरीहरुलाई दुव्र्यसनीबाट बचाई रचनात्मक कार्यमा संलग्न गराउदै उनीहरुको सर्वाङ्गीण विकास गर्ने उद्देश्य राखीभृकुटी वोर्डिङ स्कुल भरतपूर–३ ले ३ दिने“भृकुटी नमुना स्काउटक्याम्पोरी”कार्यक्रम आयोजना गरिएको स्काउट शिक्षक तथा संयोजकरामु पाण्डेले जानकारी दिनुभयो ।
    कार्यक्रमलाई नेपाल स्काउट चितवनका जिल्ला आयुक्त तीर्थराज न्यौपाने, संघिय संसदका माननीय सांसद एवं कानुन न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले सम्बोधन गर्नुभएको थियो ।

    शाहशिक, मनोरञ्जनात्मक र वौद्घिक गरि ३ भागमा विभाजित गरिएको उक्त कार्यक्रममा शोभायात्रामा न्यु होराइजन वोर्डिङ स्कुल, प्रगति पाठशाला, लिटिल स्टार वोर्डिङ स्कुल र गुरुकुल स्कुल क्रमश ः प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्न सफल भएका थिए । अन्तर विद्यालय नृत्य प्रतियोगितामा न्यु होराइजन वोर्डिङ स्कुल, अर्किड स्कुल, ग्रीनल्याण्ड पब्लिक स्कुल तथा चित्रवन वोर्डिङ स्कुल क्रमश- प्रथम, द्वितीय, तृतीय र सान्त्वनास्थान प्राप्त गरेका थिए । जिल्लाका उच्च पदस्थ व्यक्ति, राजनीतिज्ञ, समाजसेवी तथा स्काउटप्रेमीहरुको सहभागितामा उद्घाटन भएको कार्यक्रमको दोस्रो दिन बृहत क्याम्पफाएरका साथैअन्तिम दिन धार्मिक शहिष्णुतालाई उत्प्रेरित गर्न सर्व धर्म सभाको आयोजना गरी नारायणगढ बजार लगाएत विभिन्न भागको दृश्यावोलोकन कार्यक्रम सभावेश गरिएकोसहभागी शुभराज तिमल्सिनाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार