२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

चीनमा बढ्दो भ्रुण हत्या


२०८८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • छोरीभन्दा छोरा सर्वश्रेष्ठ मान्ने र सोहीकारण गर्भमै छोरीको हत्या हुने घटना भारतको लागि कुनै नौला होइन । तर छोराको चाहनामा गर्भमै छोरीको हत्या गर्ने मामिलामा भारत मात्रै हैन, चीन पनि उत्तिकै अभिशप्त रहेको खबरहरु प्रकाशमा आएको छ ।

    खासगरी, हङकङमा रगतबाटै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि लिङ्ग पहिचान गर्न सकिने प्रविधि प्रचलनमा छ । सोही प्रविधिको दुरुपयोग गर्दै चीनबाट हङकङमा अनलाइन कम्पनीहरुको माध्यमबाट लुकीचोरी रगत पठाउने गरिएको छ ।चीनमा सन् २००२ देखि नै लिङ्ग जाँच गर्ने कुरा गैरकानूनी घोषित भइसकेको छ । तर विडम्बनाको कुरा के छ भने, हङकङमा त्यो कुरा वैधानिक छ । त्यहाँका क्लिकिनहरुमा गर्भवतीको रगतको नमूना जाँचेरै ७ देखि १० हप्तासम्मको भ्रुणको पनि छोरा वा छोरी के छ, लिङ्ग छुट्याउने गरिएको छ ।

    रगतको नमूना हङकङसम्म पुर्याउनका लागि थुप्रै गिरोहहरु सक्रिय रहेका छन् । उनीहरुले यस कार्यमा बुढापाका महिलाहरुदेखि स्कुले छात्राहरुलाई समेत उपयोग गर्ने गरेका छन् । केहीसमयअघि मात्रै पनि त्यस्ता रगतका नमूना लिएर हङकङ जाँदै गरेका थुप्रै स्कुले छात्राहरु पक्राउ परेका थिए । रगतको तस्करी गर्ने ती गिरोहहरुले रगतको प्रतिनमूना १.५ देखि ५ हजारसम्म खर्च गर्ने गर्छन् ।

    भनिन्छ, सन् १९७० मा चीनमा एकमात्र बच्चा पाउने नीति लागू भएपछि त्यहाँ लिङ्गभेदले बढावा पाएको हो र त्यहीकारण ठूलो संख्यामा भू्रण हत्या भयो । सन् २०१५ आएर चीनको एउटा मात्र बच्चा पाउने बन्देज हटाइयो । तर त्यसपछि पनि त्यहाँ छोराको चाहनामा भू्रण हत्या हुने क्रम चाहिँ रोकिएन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार