२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

चरेश तस्करी गर्ने वडाध्यक्ष पक्राउ


२०६० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • नुवाकोटको म्यागङ गाउँपालिकाको वडा नम्बर ४ का निर्वाचित वडाध्यक्ष राम बहादुर तामाङ पक्राउ परेका छन् ।नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका तामाङ लागू औषध (चरेश) मुद्दामा फरार थिए ।
    तामाङ २४ असोज २०५९ मा काठमाडौंको ठमेलबाट ७ किलो चरेशसहित पक्राउ परेका थिए । प्रहरीले उनीविरुद्ध लागू औषध (चरेश) ओसारपोसार र कारोबारको कसुरमा मुद्दा दर्ता गरेको थियो ।२७ जेठ २०७१ मा काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध ३ वर्ष कैद र २५ हजार जरिवानाको सजाय सुनाएको थियो ।
    मुद्दाको अनुसन्धानका लागि ३ महिना ७ दिन थुनामा रहेका तामाङ अदालतको फैसलापछि भने फरार रहेका थिए ।अनुसन्धानका लागि थुनामा रहेको बाहेक अदालतले तोकेको मध्ये तामाङले २ वर्ष ८ महिना २३ दिन कैद भुक्तान गर्न बाँकी थियो ।
    अदालतले तोकेको सजाय भुक्तान नगरी फरार अभियुक्तका रुपमा रहेका तामाङ २०७४ सालको ९स्थानीय तह० निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारका रुपमा म्यागङ गाउँपालिकाको वडा नम्बर ४ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । फौजदारी कसुरमा दोषी ठहर भइ अदालतले तोकेको सजाय समेत भुक्तान नगरी फरार भएका तामाङ १५ वर्षपछि पक्राउ परेका छन् ।
    महानगरीय प्रहरी परिसर काठमाडौंले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा तामाङलाई आइतबार पक्राउ गरिएको जनाएको छ ।पक्राउ परेका तामाङलाई आइतबार नै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको जनाएको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार