२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विद्युत चुहावटमा संलग्न ३० जना पक्राउ


२४३० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २५, सोमबार मा प्रकाशित ४ साल अघि
  • वीरगञ्ज । बाराबाट विद्युत चुहावटमा संलग्न ३० जनालाई पक्राउ गरेको छ ।नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बारा र प्रहरीको संयुक्त गस्ती टोलीले उनीहरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको हो । उनीहरु अवैध रुपमा विद्युत चुहावटको कार्यमा संलग्न रहेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रको दाबी छ ।

    बाराको फेटा गाउँपालिका वडा नं ३ र ४ फेटा गाउँ, विश्रामपुर गाउँपालिका वडा नं १ र २ को बतरा, बरैनिया लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । धिकरणमा रहेको बक्यौता र जरिवाना तिरेपछि उनीहरुलाई छाडिएको डीएसपी रञ्जित सिंह राठौरले बताए ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार