२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

बि.पि. राजमार्गमा भएको बस दुर्घट्नाको एक मृत्यु


२७४४ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • काभ्रे जिल्लाको नमोबुद्द नगरपालिका वडा नं. २ बेला स्थित बि.पि. राजमार्गमा भएको बस दुर्घट्नाको एक घाइतेको उपचारको क्रममा मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी दिपक गिरीका अनुसार धुलिखेल अस्पताल धुलिखेल ल्याई उपचार हुदा हुदै अं.बर्ष ६५ को नाम थर वतन खुल्न नआएको पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा साँझ ७ बजे मृत्यु भएको डिएसपी गिरिले जानकारी दिए ।

    त्यसैगरि घाईतेहरु मध्ये निरज कुवर, बिबेक तामाङ र राजु तामाङको थप उपचारको लागि नर्भिक अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार