२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बोलेरोले ठक्कर दिंदा एकको मृत्यु


१९७१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • बनेपा । काभ्रेको बनेपामा बोलेरोले मोटरसाइकललाई ठक्कर दिंदा एकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, बनेपाका अनुसार मृत्यु हुनेमा मोटरसाईकल पछाडि बस्ने भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २० को बिमल कुटुजु रहेका छन् । मोटरसाइकल चालक भने घाइते भएको प्रहरी जनाएको छ ।
    भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा १० च २१५४ न. को बोलेरो सोही दिशा तर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकललाई ठक्कर दिई सोही दिशा तर्फ आउदै गरेको बा ३ ख ७०८७ न. को टिपरमा छिर्न पुगेको थियो । प्रहरीका अनुसार मोटरसाईकल टिपरमा छिरेपछि कुटुजुको मृत्यु भएको हो ।
    घटनामा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–९ बस्ने बर्ष २१ को प्रेम बहादुर दाहाल घाइते भएको प्रहरीले बताए । घाइतेलाई उपचारको लागी बनेपामा रहेको शिरमेमोरियल हस्पिटलमा लगिएको बताए । प्रहरीका अनुसार गाडी र चालक पक्राउ गरेको छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार