२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

प्रहरी चौकीमा बम प्रहार, एक प्रहरी घाइते


२१५५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २६, मंगलबार मा प्रकाशित ४ साल अघि
  • गौर । रौतहटको इशनाथ नगरपालिका–४ स्थित मठिया प्रहरी चौकीलाई लक्षित गरी प्रहार भएको बम लागेर एउटा बाख्रा मरेको छ ।
    प्रहरीका अनुसार भारतीय नम्बर प्लेट ०५एच६५०९ नम्बरको मोटरसाइकलमा आएका २ व्यक्तिले मठिया प्रहरी चौकीलाई लक्षित गरी सुतली बम प्रहार गरेका थिए । बम प्रहारबाट डिउटीमा रहेका प्रहरी जवान घाइते भएका छन् ।
    घाइते हुने प्रहरी जवानमा महानगरीय सशस्त्र प्रहरी अनाश्रीत गुल्म–२ काठमाडौंमा दरबन्दी भइ मठिया प्रहरी चौकीमा कार्यरत रञ्जित कुमार यादव छन् । उनको काखीदेखि तिघ्रासम्म चोट लागेको छ ।
    प्रहरी चौकीलाई लक्षित गरी प्रहर गरिएको बम विस्फोट हुँदा प्रहरी चौकी नजिकै चउरमा चरिरहेको बाख्रा मरेको प्रहरीले जनाएको छ ।
    प्रहरीले बम विस्फोटमा प्रयोग भएको मोटरसाइकलका चालक भारतको ढाका घर बताउने २५ वर्षी चन्दन कुमारलाई पक्राउ गरेको छ । बम विस्फोट भएको प्रहरी चौकीदेखि करिब १ किलोमिटर दक्षिणतर्फ नेपाल भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
    प्रहरी चौकीमा बम आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट एकजना प्रहरी निरीक्षक (इन्सपेक्टर)को कमाण्डमा १० जनाको टोली परिचालन गरिएको जनाइएको छ । मठिया प्रहरी चौकीमा कार्यरत एकजना प्रहरी कर्मचारीका अनुसार मंगलबार दिउँसो १२ बजेर ४० मिनेटमा प्रहरी चौकीमा विस्फोट भएको हो ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार