२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

मन्त्रीका स्वकीय सचिवलाई प्रहरीले झ्याप


२२२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २७, बुधबार मा प्रकाशित ४ साल अघि
  • सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकीय सचिव प्रेम कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएका आरोपमा प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएको हो ।  पूर्वपश्चिम राजमार्गमा मोटरसाइलकमा हिँडिरहेका उनले गोरुगाडालाई ठक्कर दिएका थिए ।

    प्रहरीले उनीमाथि मादक पदार्थ सेवन गरी मोटरसाईकल चलाएको आरोप लगाएको छ । कुँवरले चलाएको मोटरसाइकल गोरुगाडासँग ठोक्किन पुग्दा गोरुगाडा अनियन्त्रित भई ढलेको थियो।

    गोरुगाडा पल्टिएपछि सो गाडामा सवार चारजना घाइते भएका छन्। गाडा गौरीगंगा १० का टीकाराम चौधरीको हो । घाइतेहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ। घटनामा स्वकीय सचिव कुँवरलाई भने चोट लागेको छैन । उनले चलाएको से १ ब १२९७ नम्बरको मोटरसाइकल भने क्षतिग्रस्त भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार