२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

विप्लवका नेता पन्त पक्राउ


२४११ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २७, बुधबार मा प्रकाशित ४ साल अघि
  • गोरखा । नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य रोहित पन्त पक्राउ परेका छन् । ४९ बर्षका पन्तलाई मंगलवार गोरखा नगरपालिका–६ हरमटारीबाट पक्राउ गरिएको डिएसपी मित्रवन्धु शर्माले बताए ।

    पन्तविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालतबाट दश दिनको म्याद थप गरिएको उनले जानकारी दिए । पन्तमाथि स्थानीय स्तरमा चन्दा असुल गर्ने र शान्ति खलबलिने गतिविधि गरेको आरोप छ ।

    पन्त यसअघि पनि पक्राउ परेका थिए । उनीविरुद्ध राजद्रोह अन्तरगत मुद्धा दर्ता भएको थियो । धरौटीमा रिहा भएका पन्त मंगलवार पुनः पक्राउ परेका हुन् ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार