२०८१ श्रावण १२, शनिबार | Sat, 27, Jul, 2024

मेकप गर्दै हुनुहुन्छ होसियार


२४३७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ कार्तिक २९, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • मेकअप अनुहारको सौन्दर्यका लागि मात्र नभई सुरक्षाका लागि पनि गरिन्छ । यद्यपि, मेकअपमा प्रयोग हुने प्रडक्ट र आफ्नो छालाको नेचरबारे भने सचेत हुन आवश्यक हुन्छ । किनभने, खराब मेकअपले क्षणिक रूपमा सुन्दर देखिए पनि पछि कुरूपसमेत बनाउन सक्छ । त्यसैले सकेसम्म प्राकृतिक मेकअप गर्नुपर्दछ

    •  मेकअप गर्नुअघि छाला पूर्ण रूपमा सफा हुनुपर्छ । त्यसैले राम्रोसँग अनुहार सफा गरेर मात्र मेकअप गर्न जरुरी हुन्छ । अनुहार सफा गर्दा छालाको प्रकृतिअनुसारकै फेसवास प्रयोग गर्नुपर्छ । जस्तो पायो त्यस्तो फेसवासले छालामा संक्रमण गराउन सक्छ ।
    •  छालाको प्रकृतिअनुसार मोस्चराइजर प्रयोग गर्नुपर्छ । बेलुकी सुत्नुअघि राम्रोसँग अनुहार सफा गरी नाइट क्रिमको प्रयोग गर्दा स्किनमा चमक ल्याउन सहयोग मिल्छ ।
    •  कहिल्यै पनि हतारमा मेकअप गर्नुहुँदैन । जहिले पनि मेकअप गर्दा बेस राम्रोसँग बनाउन जरुरी हुन्छ । र, बिस्तारै प्रक्रिया पु¥याएर मेकअप गर्नुपर्छ ।
    •  आँखावरिपरि कालो दाग छ भने फाउन्डेसनले छोपिदिनुपर्छ । लामो समय मेकअप टिकोस् भन्ने चाहनुहुन्छ भने वाटरप्रुफ प्रयोग गर्नुपर्छ । र, ड्रेसअनुसार मेकअपको कम्बिनेसन मिलाउन पनि आवश्यक हुन्छ ।
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार